जेठ ०३, २०८१, बिहीबार
               

'कमेडी च्याम्पियन २' को अडिसन सुरु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

'कमेडी च्याम्पियन सिजन २' को डिजिटल अडिसन सुरु भएको छ । भदौ १५ गतेदेखि दोस्रो सिजनका लागि निर्माण पक्षले अडिसन खुल्ला गरेको हो ।

अडिसनका लागि प्रतियोगीहरूले कमेडी च्याम्पियनको एप्स डाउनलोड सोही एप्समा ४ मिनेट ५९ सेकेन्ड भिडियो पोस्ट गर्नुपर्ने हुन्छ । निर्माण पक्षका अनुसार डिजिटल अडिसन १४ असोज अर्थात् एक महिनासम्म जारी रहनेछ ।

कमेडी च्याम्पियन टिमका अनुसार फिजिकल अडिसन पनि दसैँअगाडि नै संचालन गरिनेछ । कात्तिकको दोस्रो साताबाट प्रसारण सुरु गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

कमेडी च्याम्पियनका लागि जज र पुरस्कारमा भने परिवर्तन भएको छैन । सिजन २ का लागि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजको रूपमा रहनेछन् । पुरस्कारमा २५ लाख रुपैयाँ र एउटा कार प्रदान गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि