जेठ ०४, २०८१, शुक्रबार
               

सज्जा चौलागाईंले जितिन्  नेपाल आइडल सिजन-३ को उपाधि

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचालेकी हुन् ।

यस्तै वाइल्ड कार्डबाट प्रवेश गरेका प्रवीण बेडवाल फस्ट रनरअप बन्न सफल भए । किरण कुमार भुजेल भने तेस्रो स्थानमा सीमित रहे ।

देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सिजन-३ काे विजेता घोषणा घोषणा गरेका हुन् ।  

नेपाल आइड–३ को उपाधिसहित चौलागाईं ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि