जेठ ०३, २०८१, बिहीबार
               

ट्वाक्क टुक्क रिटर्न्स डिसहोमबाट पुन: प्रसारण हुने

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

कुनै समय सर्वाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः ट्वाक्क टुक्क रिटर्न्स को नामले आऊने भएको छ । यसलाई डिसहोमबाट पुन: प्रसारण गर्न लागिएको हो ।

छिटै डिसहोमको कमेडी सेन्ट्रल च्यानल नं १०८ बाट प्रसारण हुने यस कार्यक्रम हप्ताको २\३ भाग प्रदर्शन गर्ने तयारी गरिएको छ । पहिलो ७० भाग रिपिट आएपछि नयॉ छायॉकन गर्दै नयॉ तरिकाले अगाडि बढाइने निर्माण पक्षले जनाएको छ ।

दिनेश डिसीको निर्देशनमा २५ बर्षअघि नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्क को नयॉ संस्करणमा स्वर्गीय केशव भट्टराई, लय संग्रौला, ऊत्तम केसी, दिनेश डिसी, शिवशंकर रिजाल, जोगीन्दर, सुरेन्द्र केसी मुलाकोसाग, गोपाल ढकाल छन्दे, महादेव त्रिपाठी, रेशम फिरिरी,शुशिला निरौला(बिम्ली), बिन्दा खतिवडा, जुंगे भट्टराई, माधब पण्डित,शंकर पाण्डे, सुरेश असिम, मनीष श्रेष्ठ, आशीष ठकुरी, शंकर महर्जन, जनक खड्का, विनोद परियार, गिरी राज, दुर्गाराज पाण्डे, अमन श्रेष्ठ, केशवराज अर्याल, अर्जुन तुम्हारी, केशर कार्की, अनुरोध अधिकारी, नबिन बिशुंखे, आदि चर्चित कलाकारहरुकोहरूको अभिनय रहेको छ ।

२५ बर्षअगाडि बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित  बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायत कलाकारहरु  जन्मिएका थिए । 

पछिल्लो कार्यक्रमबाट आएका कलाकारहरुसमेत हाँस्यव्यंग्यको क्षेत्रमा आफ्नो नाम चर्चामा राख्न सफल भएका छन् ।  

 


कस्तो लाग्यो ?

यो पनि