असोज ०५, २०८१, शनिबार
               

आमा बन्दै अनुष्का

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा श्रीमान् विराट कोहलीसँगको तस्वीर सार्वजनिक गर्दै अनुष्काले आफू आमा बन्न लागेको बताएकी हुन् ।

अनुष्काको पेटमा अहिले ४ महिनाको बच्चा भइसकेको छ । अनुष्काले आगामी जनवरीमा आफू आमा बन्ने समेत जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, 'अन्तत: हामी ३ बन्दैछौँ । आउने जनावरी २०२१ मा ।' 

अहिले अनुष्का र विराटलाई धेरैले बधाई दिइरहेका छन् । कोरोनाका कारण भएको लकडाउनको कमालका कारण उनीहरु तीन हुन लागेको धेरैको प्रतिक्रिया छ ।

अनुष्का र विराटको जोडीलाई सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ । उनीहरुले लामो समय प्रेममा रहेर बिबाह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि