बैशाख ०७, २०८१, शुक्रबार
               

राजेश हमालले ६०० जना प्राविधिकको कोरोना बिमा गरिदिने

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नायक राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६०० जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् ।

केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरूसँगको भेटमा राजेशले सो प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघले जनाएकाे छ । लामाका अनुसार राजेशले ६ सय प्राविधिकको बीमाको गर्ने प्रतिबद्धता जनाएका हुन् । 

हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरू  छन् । ती मध्य करिब ६ सय भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राबिधिक हुन् ।

कोरोनाका कहरका कारण बिगत ६ महिनायता चलचित्र क्षेत्र ठप्प छ । चलचित्र क्षेत्र ठप्प भएका कारण अहिले हजारौं प्राविधिक काम बिहीन भएका बेला नायक हमालले सहयोग गर्ने बताएका हुन् ।  

काम नभएपछि उनीहरू समस्या पर्दै गएका छन् । 


कस्तो लाग्यो ?

यो पनि