जेठ ०३, २०८१, बिहीबार
               

सुदन र  मेलिनाको 'उडी जाने जेट' सार्वजनिक

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत गायक 'उडी जाने जेट' सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकाको भर्जिनियामा बसेर नेपाली गीत गायनमा लागिरहेका सुदनको यो दोश्रो गीत हो ।

लेखु सहयात्रीको शब्द र   सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । गणेश शाहीको निर्देशनमा तयार पारिएको डान्सिङ बिट यस गीतको भिडियोमा एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ । 

प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ ।

अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको यसअघि "सानी" गीत बजारमा आएको थियो ।

कोरोनाको कहरबीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले  दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।

 

यो पनि