जेठ ०३, २०८१, बिहीबार
               

वैदेशिक रोजगारीको पीडा भिडियोमा

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

दमौली । हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालेँ भने पनि नेपालमै मर्न पाउँ
आँखाभरि झल्किरहन्छ म जन्मेको गाउँ 

धन कमाउने आशमा विदेशिएको एक युवाको विलौना हो यो । नेपालमा रोजगारी नपाएपछि साहुसँग ऋणधन गरेर एक युवा विदेश पुग्छन् । वैदेशिक रोजगारमा उसले कस्ता दुःख पाउँछन्, त्यही विषयवस्तुलाई समेटेर पत्रकार अमरराज नहर्कीद्वारा रचित ‘बिरानो देश’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बत्ती झलमल
कसको छ र परदेशमा आउनलाई मन 
रुदै रुदै आएको म कमाउनलाई धन

नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारी र युवाहरुको अवस्थाको बारेमा चित्रण गरेर गीत रचना गरिएको पत्रकार नहर्कीले जानकारी दिए । ‘नेपाली समाजको बाध्यता बनेको वैदेशिक रोजगारीले रेमिट्यान्स त भित्र्याएको छ, तर साथैमा हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरू पनि दिएको छ,’ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददता नहर्कीले भने, ‘यस्तै सपनाहरू र चोटहरू मिसिएको कथालाई म्यूजिक भिडियोमार्फत् सार्वजनिक गरेका छौँ ।’ 

पत्रकार समुन्द्र पौडेलको निर्देशन रहेको गीतमा गायक नवराज थापाले आवाज दिएका छन् । उक्त भिडियोमा सुदीप पौडेल र पूजा केसीको अभिनय रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि