बैशाख १६, २०८१, आइतबार
               

अभिनेत्री शर्मा र सञ्चारकर्मी सुवेदीबीच विवाद मिल्यो

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एक टेलिभिजन कार्यक्रम ‘रजतपट’मार्फत् सञ्चारकर्मी सुवेदीले अभिनेत्री शर्मालाई लक्षित गरी बोलेकाे शब्दको विषयमा विवाद भएकाे थियो ।

एपीवान टेलिभिजनबाट साउन २२ गते प्रसारित कार्यक्रममा सुवदीले प्रयोग गरेको शब्दले मानहानी भएको भन्दै पूजाले चलचित्र सम्बन्धी संघसंस्थामा उजुरी दिएकी थिइन् । सुवेदीले उनको नाम नलिइकन 'दाह्रा आएकी हिरोइन' भन्ने टिप्पणी गरेका थिए । चौतर्फी विरोध हुन थालेपछि र शर्माले उजुरी दिएपछि सुवेदीले माफी मागेका थिए । पछिल्लो समय चलचित्रसँग सम्बन्धित सात संस्थाले सुवेदीको कार्यक्रममा सहभागी नहुन आव्हान गर्दै संयुक्त विज्ञप्ति निकालेका थिए ।

चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार दुवै पक्षलाई राखेर सहमति भएको हाे । अभिनेत्री पूजा र सञ्चारकर्मी सुवेदीबीचको मिलापत्रमा कलाकार संघका अध्यक्ष खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका अध्यक्ष जनक कार्कीलगायतले पनि हस्ताक्षर गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि