बैशाख २२, २०८१, शनिबार
               

‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिकाले तत्कालीन ‘जनयुद्ध’मा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ । गाउँपालिकाले ‘जनयुद्ध’मा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पुर्याएको योगदानसहितको स्मारिका तयार पारेको हो ।

स्मारिकामा शहीदको तस्वीरसहित उनीहरुको व्यक्तिगत तथा पारिवारिक परिचय, युद्धमा पुर्याएको योगदान, लडेको युद्ध, पार्टीमा तत्कालीन पदीय जिम्मेवारी, मृत्युवरण गरेको युद्ध तथा स्थान, कारणलगायत विवरण समावेश गरिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए । 

साविकको सिङ्गो रुकुम जिल्ला तत्कालीन नेकपा (माओवादी) ले १० वर्षसम्म सञ्चालन गरेको ‘जनयुद्ध’को उद्मगम थलो पनि हो । युद्धमा परी जिल्लाका ६ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने ठूलो मात्रामा भौतिक क्षति व्यहोरिएको थियो ।
उक्त स्मारिकाको बुधबार कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले विमोचन गरे । सो अवसरमा प्रदेशसभा सदस्य शर्माले आफूहरु शहीदको मार्ग निर्देशन अनुसार अगाडि बढिरहेको र उनीहरुको सपना साकार पार्न लागिपरेको बताए । 

सोही कार्यक्रममा कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणीद्वारा  प्रकाशन गरिएको ‘त्रिवेणी दर्पण’ नामक साहित्यिक स्मारिकाको लोकार्पणसमेत गरिएको थियो । कृतिमा जनयुद्धका घटनाक्रमको विवरण, त्रिवेणीको धार्मिक, सांस्कृतिक तथा साहित्यिक र पर्यटकीय क्षेत्रको पहिचान तथा परिचय, गाउँपालिकाभित्र तथा बाहिरका साहित्यकारका लेखरचनालगायत समेटिएको मञ्चका सचिव कुवेर ओलीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि