बैशाख २२, २०८१, शनिबार
               

शाहरुख खानमाथि सुशान्तलाई धोका दिएको आरोप

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

सुशान्त सिंह राजपूतको मृत्यु भएको दुुई महिना बितिसकेको छ । उनी मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
तर उनीबारे नयाँ–नयाँ दाबी बाहिर आइसकेको छ । यसैबीच शाहरुखको नाम पनि यस मामिलामा जोडिएको छ ।  

सुशान्तका जिम पार्टनर सुनिल शुक्लाका अनुसार बलिउड उद्योगमा सुशान्तलाई निरन्तर प्रताडित गरिएको थियो । उनले बान्द्रा पुलिस स्टेशनमा उजूरी दर्ता गरेका छन् । यस घटनाको छानविन गर्ने जिम्मेवारी सीबीआईलाई दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा उजूरी पनि दिएका छन् । 

सुनिलका अनुसार आईफा अवार्डस् समारोहमा शाहरुख खानले सुशान्तलाई स्टेजमा बोलाएर अपमानित गर्दा उनी निकै दुखी भएका थिए । सुुनिलको दाबीअनुसार आईफा अवार्डस्मा सुशान्तले शाहरुख खान र साहिद कपूरसँग स्टेज सेयर गर्नुुअघि फिल्म ‘काय पो चे’ का विषयमा कुराकानी गर्ने सहमति बनेको थियो । 

यसका लागि उनलाई सिग्नेचर स्टेपको प्राक्टिस गर्न पनि भनिएको थियो । सुशान्त यस शोका विषयमा निकै खुसी थिए । सुशान्तका अनुसार शाहरुखले त्यसक्रममा स्टेजमा उनको करियर र संघर्षका विषयमा समेत कुराकानी गरिने बताएका थिए ।

तर, स्टेजमा पुुग्नासाथ उनको बेइज्जती गर्न सुुरु गरे । जिम पार्टनर सुनिलका अनुसार यी सबै कुरा सुशान्तले उनीसँग सेयर गरेका थिए र सुशान्त यस घटनापछि निकै दुुखित भए । उनले जिम गर्ने क्रममा भनेका थिए ,‘म त्यहाँ गएँ । उनीहरुले मेरो बेइज्जती गरिदिए ।’

सुशान्तलाई प्रताडित गर्नका लागि बलिउडका केही कलाकार निरन्तर लागेको पनि सुनिलको आरोप छ । सुनिलका अनुसार करन जौहरले सलमान खानसँग मिलेर सुशान्तलाई कुनै फिल्म खेल्न नदिनका लागि षड्यन्त्र रचेका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि