बैशाख २२, २०८१, शनिबार
               

राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्व राजाको सचिवालयका अनुसार उनले बुधबार एक विज्ञप्ति सार्वजनिक गरेर निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व भन्दै राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

पूर्व राजा शाहले देशभक्ति र प्रकृति प्रेममा आधारित स्वर्गीय राष्ट्रकवि घिमिरेका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाउँदै मौसूफबाट उनको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा उल्लेख गरेका छन् ।

साथै, उनले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्  ।  राष्ट्रकवि घिमिरेको मंगलबार साँझ आफ्नै निवासमा देहवासन भएको थियो भने आज राष्ट्रिय सम्मानको साथ अन्त्यष्टि गरिँदै छ ।
 


कस्तो लाग्यो ?

यो पनि