बैशाख २१, २०८१, शुक्रबार
               

‘टाइगर ३’को तयारीमा सलमान, मनिषले निर्देशन गर्ने

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

नायक सलमान खानले केही दिन अगाडि ‘किक २’को घोषणा गरेका छन् । अभिनेत्री ज्याक्लिन फर्नान्डेजको जन्मदिनको अवसरमा सलमानले ‘किक २’ घोषणा गरेका थिए । 

त्योसँगै सलमान अर्को चलचित्रको पनि तयारीमा जुटेका छन् । सफल ‘टाइगर’ सिरिजको तेस्रो चलचित्र निर्माणको तयारीमा सलमान जुटेका हुन् ।

‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ जस्तो सफल चलचित्रको तेस्रो सिरिजलाई मनिष शर्माले निर्देशन गर्ने बुझिएको छ । मनिषले नायक साहरुख खानसँग चलचित्र ‘फ्यान’मा काम गरेका थिए ।

सलमान अभिनित चलचित्र ‘राधे’ कोरोनाका कारण रोकिएको छ । यस चलचित्रको छायांकन तथा रिलिज अन्योलमा छ ।


कस्तो लाग्यो ?

यो पनि