बैशाख २२, २०८१, शनिबार
               

यसपालिको तीजमा सुनसान, फुर्सदमा कलाकार

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण पूरै विश्व नै तहसनहस भइरहेको छ । नेपालमा पनि यसको प्रभाव परेको छ ।

यसअघि यतिबेला कलाकारहरुलाई विभिन्न कार्यक्रममा भ्याइनभ्याई हुन्थ्यो । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको रौनक चौतर्फी हुन्थ्यो ।

टोलटोलमा गीतहरु घन्किरहेका हुन्थे । तर, लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमका कारण फाटफुट मात्र तीजका गीत बजेको सुनिन्छ ।

कोरोनाका कारण कतै पनि तीज लागेको छैन । अर्कातिर यो बेलामा देश तथा विदेशमा उत्तिकै व्यस्त हुने कलाकारहरु पनि होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसपटक तीजका गीत पनि पहिलेको तुलनामा कम रिलिज भएका छन् । तीजको रमाइलो कोरोनाका कारण इन्टरनेटमा मात्र सीमित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि