बैशाख २२, २०८१, शनिबार
               

रजतपट वहिष्कारको कुरा दुर्भाग्यपूर्ण : रोज राणा

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली चलचित्र क्षेत्र पछिल्लो पटक एकपछि अर्को विवाद र बहसमा छ ।

कहिले चलचित्रकर्मीहरूकै अभिव्यक्तिका कारण राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने बहस निम्तिएको छ । त्यस्तै कहिले देशको गहना भनिएका कलाकारबाट देशबारे न्यूनतम जानकारी पनि नराखेबाट पनि बहस र विवाद हुने गरेको छ ।

पछिल्लो समयमा एपीवान टेलिभिजनमा रजतपट कार्यक्रममा प्रस्तोता प्रकाश सुवेदीले नायिका पूजा शर्मालाई शारीरिक रूपमा अपमानित गरेको भन्दै सो अभिव्यक्तिलाई निशाना बनाउन खोजिएको छ । जुन अभिव्यक्ति गलत थियो भनेर स्वयं प्रस्तोता सुवेदीले सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको अवस्थामा पनि कतिपयले यो मुद्दा उठाउन छोडेका छैनन् ।

यसैबीच केहीले रजतपट कार्यक्रम बहिष्कार गर्ने निर्णयसमेत गरेका छन् । तर नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले सो कार्यक्रम बहिष्कार गर्न उचित नहुने बताएका छन् ।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले चलचित्र सम्बद्ध संगठनहरूबाट रजतपट कार्यक्रमलाई बहिष्कार गर्नुपर्ने सार्वजनिक अभिव्यक्तिलाई चलचित्र क्षेत्रको लागि दुर्भाग्यपूर्ण भनेका छन् ।

उनले नेपाली चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय नहुने बताएका छन् ।

यस्तो छ रोज राणाको मत

यो पनि