बैशाख २२, २०८१, शनिबार
               

अक्षयले दिए बाढीपीडितलाई एक करोड

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले बिहार र असमका बाढी पीडितका लागि एक करोड (भारतीय रुपैयाँ) सहयोग दिएका छन् । उनले सहयोग गर्ने भएपछि बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभारसमेत प्रकट गरेका छन् । अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रशंसनीय भनेका छन् ।

अक्षय पछिल्लो समय फिल्म ‘बेल बटम’ को सुटिङका लागि स्कटल्याण्डमा छन् । उनले दुबै राज्यका मुख्यमन्त्रीसँग सुटिङबाट फर्किएपछि रकम पिएम राहत कोषमा जम्मा गरिदिने बताएका छन् । 

आपतविपतमा परेकाहरुका लागि अक्षयको यो पहिलो सहयोग भने होइन । देशमा संकट परेको समय अक्षय हमेसा मद्दतका लागि अगाडी देखिँदै आएका छन् ।

संसारभर आतंक मच्चाएको कोरोना भाइरस बिरुद्धको लडाइमा पनि अक्षयले देशलाई कयौंपटक सहयोग गरिसकेका छन् । यसका लागि उनले पीएम कोषमा २५ करोड समेत दान गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि