बैशाख २२, २०८१, शनिबार
               

सञ्चारकर्मी तथा गायक सरोज लामिछानेको चेतनामूलक गीत सार्वजनिक

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

पछिल्लो समय काँठे लोक भाकामा एकछत्र राज गर्दै आएका गायक हुन्, सरोज लामिछाने । संचारकर्मी समेत रहेका उनले प्राय काँठ क्षेत्रका भाकाहरू गाउनेदेखि शब्द सिर्जना समेत गर्ने गर्दछन् । रेडियो जक्की (आरजे) बाट आफ्नो परिचय बनाएका उनी गायन क्षेत्रमा आए पनि संञ्चारकर्मलाई छाडेका छैनन् ।

नेपालको मध्य क्षेत्रमा बढी चर्चामा आउने काठे भाकाको दर्जनौँ गीत लामिछानेले यसअघि नै बजारमा ल्याइसकेका छन् । उनका अधिकांश गीत लोकप्रिय छन् ।

यस्तै पछिल्लो समय सामाजिक समस्यालाई लिएर उनले नयाँ गीत बजारमा ल्याएका छन् । कुनै दम्पतीबाट सन्तान नजन्मिनु पछाडि सम्पूर्ण दोष महिलामाथि थोपर्ने चलन नेपाली समाजमा छ ।

‘पुरुषमा पो कमजोरी छ कि ?’ भनेर स्वास्थ्य परीक्षण गराउने भन्दा पनि सम्पूर्ण दोष महिलामाथि थोपर्ने र अर्को बिहे गर्ने घटना समाजमा हुँदै आएका छन् । जसबाट महिलाहरू सामाजिक र पारिवारिक रूपमा प्रताडित हुन बाध्य छन् । यही विषयलाई उठान गर्दै गायक लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल मया’ सार्वजनिक भएको हाे ।

गीतको म्युजिक भिडियो सरोज लामिछानेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गायक सरोज लामिछाने भन्छन् ‘दम्पतीबाट सन्तान हुन नसक्दा पारिवारिक र सामाजिक दबाब पछि श्रीमान्–श्रीमतीको सम्बन्ध कसरी बिग्रिन पुग्छ र श्रीमती कसरी अपहेलित हुन्छिन् भन्ने विषय भिडियोमा समेटेको छु । मेरो गीत रुचाउने क्षेत्रमा चेतनाको रूपमा पनि यो गीतले काम गर्छ भन्ने विश्वास लिएको छु ।’

गीतको भिडियोमा हाँस्य कलाकार कमलमणि नेपाल, शारदा गिरी, जानुका पौडेलको अभिनय छ । साथै गायक सरोज लामिछाने, मोडल एलिना रायमाझीलगायतको अभिनय छ । गीतमा सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले आवाज दिएका छन् । सन्तोष लामिछानेको शब्द, सङ्गीत रहेको गीत नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि