बैशाख २२, २०८१, शनिबार
               

सफलताको भोका निर्देशक र अभिनेताको टिमअप !

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

अभिनेता आर्यन सिग्देललाई हिट चलचित्रको खाँचो छ । कुनै समय नम्बर १ नायकको रुपमा कहलिएका आर्यन पछिल्लो समय सफल हुन सकेका छैनन् । त्यसैले आफ्नो गुमेको स्टारडम फर्काउनको लागि पनि आर्यनलाई हिट चलचित्रको खाँचो छ ।

अहिले आर्यन नयाँ चलचित्रको तयारीमा जुटेका छन् । 'सेल्फी किङ्ग' फ्रेम्ड निर्देशक विशाल सापकोटासँगको सहकार्यमा आर्यनले नयाँ चलचित्रको तयारी गरिरहेका छन् ।

निर्देशक सापकोटा र अभिनेता सिग्देल स्क्रिप्टमा खटिएका छन् । पोखरामा पुगेर उनीहरू स्क्रिप्टलाई मूर्त रूप दिन लागिपरेका छन् । 

आर्यनलाई सफलता खाँचो छ, त्योसँगै निर्देशक सापकोटालाई पनि प्रमाणित गर्नुछ । डेब्यू चलचित्रबाट नै चिप्लिएका निर्देशक सापकोटालाई पनि प्रमाणित गर्नुपर्ने दबाब छ । त्यसैले उनीहरु जोड-तोडको मिहिनेत गरिरहेका छन् ।

स्टाटरडम फर्काउन लागिपरेका सिग्देल र आफूलाई प्रमाणित गर्न लागिपरेका सापकोटाबाट कस्तो काम निस्किएला त ?

यो पनि