बैशाख १७, २०८१, सोमबार
               

एकताको उदाहरण दिन मल्टिस्टारर बन्यो ‘हुतुतु’

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

निर्माता सन्तोष सेन अहिले नयाँ चलचित्र ‘हुतुतु’ निर्माणको तयारीमा जुटिरहेका छन् । यस चलचित्रको लागि सन्तोषले धेरै कलाकारलाई अनुबन्धित गरेका छन् । 

कमेडी जनरामा बन्ने यस चलचित्रमा हरिवशं आचार्य, राजाराम पौडेल, माओत्से गुरुङदेखि पछिल्लो पुस्तामा प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहरीसम्म पक्का भइसकेका छन् । निर्माता सेनले सम्पूर्ण कलाकारसँऊ सम्झौता भइसकेको जानकारी दिए ।

कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउनको लागि चलचित्रमा मल्टिकास्ट गरिएको निर्माता सेनले बताए । उनले भने, ‘संकटको समय चलचित्रकर्मीहरु एक हुनुपर्छ भन्ने सोचेर पनि यो एकताको उदाहरण दिएका हौँ ।’

आशुसेन प्रोडक्सनको व्यानरमा निर्माण हुने यस चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् । कथा सन्तोषले नै लेखिरहेका छन् । अवस्था सहज हुन बित्तिकै छायांकनमा जाने सन्तोष बताउँछन् ।

चलचित्रको लागि नायिका भने पक्का भएको छैन । केही समयमा नै नायिका टुंगो लगाएर छायांकन सुरु गरिने निर्माण पक्षको लक्ष्य रहेको छ ।

यो पनि