जेठ ०४, २०८१, शुक्रबार
               

आलियालाई डिसलाइक किन ? (भिडियो)

एजेन्सी
साउन २८, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलरमा लाइक भन्दा डिसलाइक बढी आएको छ ।

चलचित्र ‘सडक २’ को ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

हालसम्म उक्त भिडियोलाई २५ लाखभन्दा बढीले हेरेका छन् । भिडियोलाई मानिसहरुले मन पराएका छैनन् ।

हालसम्म ९४ हजारले यस भिडियोमा लाइक गर्दा १.३ मिलियनभन्दा बढीले डिसलाइक गरेका छन् ।

गत जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको थियो । उनले आत्महत्या गरेका थिए ।

उनको मृत्युपछि भारतमा नेपोटिज्मको बहस चर्किएको थियो । जसका कारण आलिया भट्ट लगायत बलिउडकर्मीका छोराछोरी जो कलाकार हुन् उनीहरुको दर्शकले आलोचना गरेका थिए ।

सामाजिक सन्जालमा उनीहरुको फलोवर पनि घटेको छ । सुशान्त सिंहले आत्महत्या गर्नुको पछाडि नेपोटिज्म कारण भएको धेरैको टिप्पणी छ । नातावादकै कारण सुशान्तलाई विभिन्न चलचित्रबाट बहिष्कार गरिएको पनि बताइन्छ ।

सुशान्तको मृत्युपछि आलिया भट्ट र उनका परिवार सर्वाधिक आलोचित बनेकामध्ये एक थिए ।
चलचित्र ‘सडक २’ पनि भट्ट परिवारकै प्राजेक्ट भएकाले मानिसहरुले भिडियोमा धेरै डिसलाइक गरेका हुन् ।

महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।


कस्तो लाग्यो ?

यो पनि