जेठ ०४, २०८१, शुक्रबार
               

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, थप उपचार अमेरिकामा

एजेन्सी
साउन २८, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सञ्जय दत्तको 'फोक्सोको क्यान्सर' तेस्रो चरणमा पुगेको छ । उनी थप उपचारका लागि अमेरिका पुगेका छन् ।

सञ्जयका एक साथीले भनेका छन्, ‘बाबा टुटेका छन् । उनका साना बच्चा छन् , भाग्यवश, उनीहरु अहिले आफ्नी आमासँग छन् । तर यो खबरले उनीहरुलाई गाह्रो हुनेछ ।’ उनका अनुसार सञ्जय यो खबरबाट विछिप्त भएका छन् यद्यपि यो रोग निको हुनेमा पनि उनी निश्चित छन् ।

सञ्जयका साथी भन्छन्, ‘यो उपचारयोग्य छ । यसको तत्काल उपचारको आवश्यकता छ जसका लागि ऊ तुरुन्तै जान्छ ।’

शनिबार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई लीलावटी अस्पतालमा भर्ना गराएको थियो । उनलाई तीन दिन अस्पतालको (इनटेन्सिभ केयर) मा राखेर उपचार गराएको थियो । जसमा मंगलबार उनको फोक्सोमा क्यानसर भएको र क्यान्सरको तेस्रो चरणमा भएको रिपोर्ट आएको थियो ।

यस्तै, सञ्जयले सामाजिक सञ्जालमा आफूलाई स्वास्थ्य समस्याका कारण केही समय कामबाट आराम लिने र अनावश्यक समाचार नछाप्‍न आग्रह गरेका छन् । तर क्यान्सरबारे भने उनले केही बोलेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि