जेठ ०४, २०८१, शुक्रबार
               

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ गीतका अभिनेताको संघर्ष
नाटकदेखि म्युजिक भिडियोसम्मको यात्रा

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

‘हेर यो मुटुमा चिरा पर्‍या छ,’ गीत टिकटकमा भाइरल भएको छ । यो गीतमा टिकटकमा अभिनय गर्दै धेरेले फेसबुकमा राखेका देख्न सकिन्छ । केही सातअघि युटुबमा अडियो राखेलगतै चर्चामा आएको यो गीतको भिडियो आइतबार मात्रै सार्वजनिक गरिएको हो । बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा पछिल्लो समयका चर्चित मोडल तथा र्‍यापर जिबी चिरन (चिरञ्जीवी सापकोटा) ले अभिनय गरेका छन् । भिडियो सार्वजनिक गरिएको २४ घण्टामै युट्युब ट्रेन्ङिमा ४० नम्बरभन्दा तल पुगेको छ। 

आहा टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले छोटो समयभित्रै राम्रो प्रतिक्रिया पाएको छ । गीतमा जिबी चिरनलानई थिएटरबाट मोडलिङमा आएकी रोशनी कार्कीले साथ दिएकी छिन् । 

 

लकडाउन फापेका कलाकार

जिबी चिरन अभिनय मात्रै गर्दैनन् उनी र्‍यापरसमेत हुन् । उनले तीन र्‍याप गीत गाएका छन् । सत्य घटना तथा समसामयिक विषयवस्तुमा गीत तयार पार्न खप्पिस उनको र्‍याप धेरैले रुचाउँछन् । जिबी चिरनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि ‘भाग कोरोना भाग’ बोलको गीत ल्याए । सो र्‍याप समयसापेक्ष भएकाले धेरैले रुचाए । 

लगतै उनले अर्को र्‍याप गीत ल्याए । सरकारले लिपुलेक भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सार्वजनिक भएको ‘इतिहास’ र रुकुम हत्याकाण्डपछि ल्याइएको ‘जात’ र्‍याप गीतले  जिबी चिरनलाई थप चर्चामा पुर्‍यायो । यी तीनवटै र्‍याप गीत लकडाउनको अवधिमै सार्वजनिक भएका हुन् । 

टंक तिम्सिनाको गीत ‘के यो माया  होइन र ?’ मा समेत जिबी चिरनले र्‍याप हानेका छन् । साथै, छिट्टै नै अर्को र्‍याप गीत ल्याउने उनको योजना  छ। ‘अहिले बजारमा आएभन्दा केही फरक तरिकाबाट गीत र भिडियो ल्याउने विचारमा छु,’ जिबी चिरन भन्छन् ।

उनले दुर्गेश थापाको बिच्च बिच्च २ र बिच्च बिच्च ३ बेसार पानीमा अभिनय गरेका छन् । अघिल्लो साल सुपर हिट भएको ‘बिच्च बिच्चमा’को सिक्वेल पनि निक्कै चर्चित भयो । सातजना मोडलका बीचमा देखिएका दुर्गेश र जिबी चिरनको अभिनयलाई धेरैले मन पराए । 

नाटकदेखि म्युजिक भिडियोसम्मको यात्रा

केही  कमेडी सिरियलमा समेत अभिनय गरिरहेका जिबी चिरन भिडियो जक्कीसमेत हुन् । रेडियो जक्कीको रूपमा लामो समय काम गरेका उनी फेरि रेडियोमा पनि कमब्याक हुने योजनामा छन् । सुर्खेत घर भएका उनको संघर्षको कथा निक्कै लामो छ । बाल्यकालदेखि स्कुलका हरेक कार्यक्रममा उनी सहभागिता जनाउँथे । त्यहीँबाट नाटकतिर खिचिन थाले । बिस्तारै उनलाई नाटकको रस लाग्न थाल्यो । 

स्कुलमा प्रत्येक कार्यक्रममा उनले नाटक गर्थे । बिस्तारै नाटक बुझ्न थाले । उनलाई नाटकको भोक थप जाग्दै लग्यो । अनि उनी सडक नाटकमा प्रवेश गरे । चेतनामूलक कथावस्तुमा ठाउँ ठाउँमा गएर नाटक देखाउन थाले । नाटक लेख्नेदेखि निर्देशनतिर पनि लागे । पुराना दिनहरू उनी सम्झिन्छन्  ‘त्यति बेला नाटक पनि फिल्मजस्तो लागेको थियो । नक्कल उस्तै–उस्तै थियो । सडक नाटकमा त वरिपरि धेरै मानिस झुम्मिएर हेर्थे ।’

अनि भए,उदास बिन्दासको साथी

स्कुले जीवन २०६२–६३ देखि उनी नाटक क्षेत्रमा प्रवेश गरेका हुन् । उनले पछि रेडियो नाटकमा पनि आवाज दिन थाले । रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रबाट उत्पादन हुने रेडियो नाटकमा उनले लामै समय काम गरे । त्यही समयमा उनले सुर्खतकै रेडियोमा कमेडी कार्यक्रम गर्न गर्न थाले ।

चर्चित कार्यक्रम प्रस्तोता दिनेश डिसीको शैली ‘आवाजको दुनीयाको साथी’ को शैलीबाट जिबी चिरन प्रभावित भए । यसैले उनले पनि रेडियोबाट भन्न थाले ‘उदास बिन्दासको साथी जिबी चिरन’ ।

बाल्यकालदेखि नै केही नयाँ काम गर्न रुचाउने उनी चित्रसमेत कोर्थे । २०६६ तिर काठमाडौंमा भएको राष्ट्रिय चित्रकला प्रतियोगितामा उनि पहिलो भए । नाटक प्रतियोगितामा उनको समूह दोस्रो भएको थियो ।

यस्तै, उनी राष्ट्रियस्तरको वादविवाद कार्यक्रममा पनि दोस्रो भए । उनलाई तिनै अवसरले डोर्‍याएर काठमाडौंसम्म ल्यायो । पत्रकारिता र साहित्यका विद्यार्थी उनी पढाइसँगै पत्रकारिता र कलाकारिता क्षेत्रमा अघि बढिरहे । काठमाडौंमा अहिलेसम्म तीन चारवटा रेडियोमा काम गरिसकेका छन् । साथै, सफल कलाकार बन्नकै चक्करमा टेलिभिजनदेखि युटुबसम्मका कार्यक्रम  गरेका छन् । 

भाइरलको हथकण्डा होइन मिहिनेत

बिस्तारै सामाजिकसञ्जालको प्रयोग र लोकप्रियता बढ्दै गयो । जिबी चिरनले आफूलाई चर्चामा वा भाइरल बनाउने नाममा कुनै हथकण्डा गरेनन् । बरु उनले मिहिनेत गरे । फलस्वरूप उनी लकडाउन यता सामाजिक सञ्जालमा छाएका छन् । उनका हिट भएका भिडियोहरु जति छन्, ती लकडाउनयताकै हुन् । 

अहिले उनीभित्र कलाकारिताको आत्मविश्वास बढ्दै गएको छ । आफ्नै मिहिनेतले उनी अगाडि बढ्दै आएका हुन् । त्यसलाई उनी सङ्घर्षको पर्याय दिन्छन् । उनी भन्छन्, ‘इमानदार र कामप्रति लगाव हुनेहरूले सङ्घर्ष भनेको केवल काममै अभ्यस्त नै रहेछ ।’

म्युजिक भिडियो र कमेडी सिरियलमा जमेका उनलाई ‘फिल्ममा खेल्ने इच्छा छैन ?’ भन्ने प्रश्नमा भन्छन्, ‘पर्दा समाएर माथि उक्लिन जो पनि चाहन्छ । राम्रो कथा र पात्रमा अभिनय गर्ने मौका मिल्यो भने अवश्य गर्नेछु ।’


कस्तो लाग्यो ?

यो पनि