बैशाख १८, २०८१, मंगलबार
               

कस्तो बन्ला नयाँ भर्जनमा 'हामी तीन भाई' ?

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

चलचित्र ‘हामी तीन भाइ’ नयाँ भर्सनमा निर्माण हुने भएको छ । निर्देशक शोभित बस्नेतले चलचित्रको पुन: निर्माण गर्न लागेका हुन् । 
चलचित्रका लागि कलाकार रुपमा जयकिशन बस्नेत फाइनल भइसकेका छन् । अन्य कलाकारको भने छनोट बाँकी रहेको बताइएको छ ।

झन्डै १५ वर्ष अघि निर्माण भएको ‘हामी तीन भाइ’मा शिव रेग्मीको निर्देशन थियो । चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी र रेखा थापा प्रमुख भूमिकामा थिए ।

नयाँ भर्सनको ‘हामी तीन भाइ’ साजित महत प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुनेछ । साजित महत प्रस्तुतकर्ता रहने चलचित्रमा किशोर मानन्धरको द्वन्द्व, सुभाष भुषालको संगीत र शिव विक तथा विक्रम तामाङको कोरियोग्राफी हुनेछ ।

तिहारपछि छायांकन सुरु हुने चलचित्र पारिवारिक कथामा बन्नेछ ।


कस्तो लाग्यो ?

यो पनि