बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको आरोपमा मुछिएकी अभिनेत्री रिया चक्रवर्ती आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालय पुगेकी छिन् ।
यसअघि रियाले आफ्नो बयान दर्ता गराउने समय बढाउन आग्रह गरेकी थिइन् ।
रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ ।
इडीले रिया चक्रवर्तीलाई नोटिस जारी गर्दै शुक्रबार बयान दर्ता गर्न बोलाएको थियो ।
इडीले यो मामिलामा कथित आर्थिक अनियमिताको अनुसन्धान गरिरहेको छ । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ ।
सुशान्त सिंहको शव जून १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्या ठानेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच ईडीले सुशान्तका बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि सोधपुछका लागि बोलाएको छ ।
सुशान्तका साथी सिद्धार्थ पिठानीसँग ८ अगस्टमा सोधपुछ गरिनेछ ।
रियाले सर्वोच्च अदालतमा याचिका दर्ता गरेर पटनमा उनीविरुद्ध दर्ता भउको मुद्दा मुम्बईमा स्थानान्तरण गर्न आग्रह गरेकी छिन् ।