बैशाख २०, २०८१, बिहीबार
               

स्नेहा आश्रमको तीज गीत ‘लरीलरी लै’ सार्वजनिक

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

स्नेहा आश्रम परिवारले तीज गीत बजारमा ल्याएको छ । ‘लरीलरी लै, यसपालिको तीज घरमै नाच्ने हो’ बोलको गीत हास्य कलाकार तथा फिल्म निर्माता सुलेमान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मौलिक शब्द तथा लय समेटिएको सो गीत ‘ईकु पिताङ टिभी ’ नामको युट्युब च्यानलमा राखिएको छ । पछिल्लो समय तीज गीतका शब्द, लय तथा, सङ्गीतमा विकृति आएको गुनासो आइरहँदा स्नेहा परिवारले मौलिक गीत बजारमा ल्याएको हो ।

सम्झना घिमिरेको शब्द तथा स्वरको गीतमा योगेश काजीको सङ्गीत तथा ऐजन्ज  छ । गीतमा स्नेहा आश्रममा बसेका बालबालिकाहरूको समेत अभिनय छ । रिना, सबिता, माया, समीर, सुमन र तुलसाले अभिनय गरेका छन् । भिडियो छायाङ्क तथा निर्देशक रवि शाहले गरेका हुन् ।

एक समय दर्शकमा राम्रो क्रेज बनाएका सुलेमान शंकरको पछिल्लो समय पनि उत्तिकै क्रेज छ  । स्नेहा आश्रम खोलेर समाजसेवा गरेपछि उनले थप प्रशंसा बटुलेका हुन् । भूकम्पमा आमाबुबा गुमाएका बालबालिकालाई संरक्षण गर्दै आएका उनलाई रियल हिरोको रुपमा धेरैले रुचाएका छन् ।

तीनै बालबालिकालाई समेत अभिनय गराएर अहिले तीज गीत तयार गरिएको हो । ‘ईकु’को भूमिका निर्वाह गरेपछि ‘इकु’ परिचय पाएका सुलेमान शकरले ईकू, ईकु २ र फिर्के फिल्म बनाएका छन् । उनले छिट्टै अर्को फिल्म बनाउने तयारी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि