बैशाख २१, २०८१, शुक्रबार
               

किन फेरिए ‘प्रसाद २’मा निर्देशक ?

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

केही दिन अगाडि चलचित्र ‘प्रसाद’का निर्माता सुवास थापाले ‘प्रसाद २’ बन्ने अनौपचारिक घोषणा गरे । उक्त घोषणामा निर्देशक दिनेश राउत देखिएनन् । त्यसपश्चात् सुरु भयो निर्देशक फेरिएको बहस । 

व्यापारिक तथा समिक्षात्मक रुपमा पनि सफल मानिएको चलचित्र ‘प्रसाद’को सिक्वेल गर्नको लागि निर्देशक राउत राजी नभएको समचारहरु बाहिरिए । दिनेशलाई रिप्लेस गर्दै सौरभ चौधरी निर्देशकको रुपमा अनुबन्धित भएका थिए । 

आखिर आफ्नै चलचित्रको सिक्वेल गर्न किन मानेनन् दिनेश ? यो प्रश्न धेरैको मनमा उब्जियो । कतिपयले त दिनेशलाई प्रश्न पनि गरे । त्यसमा दिनेशको सहज उत्तर छ, ‘मलाई प्रसादको बंशलाई अगाडि बढाउने मन छैन । जति भयो त्यसैमा ठिक छ ।’ अर्को कुरा, दिनेशलाई सिक्वेल बनाउने रहर पनि छैन । 

दिनेशले नमानेपछि लेखक सुशिल पौडेल र निर्माता थापाको नजरमा परेका निर्देशक हुन्, सौरभ चौधरी । ‘लभ डायरिज’मा सौरभले राम्रो काम गरेका थिए । त्यसैले पनि सौरभ प्रसाद २को रोजाईमा परेका हुन् । 

‘प्रसाद २’मा निर्देशक फेरिए पनि कलाकार नफेरिने निर्माता सुवासको भनाई छ ।


कस्तो लाग्यो ?

यो पनि