बैशाख २१, २०८१, शुक्रबार
               

रिया चक्रवर्तीविरुद्ध सुशान्तका बुवाले दिए उजुरी

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएको छ । सुशान्तका बुवाले छोराको आत्महत्याको विषयलाई लिएर पटनास्थित राजीवनगर थानामा उजुरी दिएका हुन् ।

राजीवनगरका कार्यकारी थाना प्रभारी योगेंद्र रविदासका अनुसार सुशान्तका बुवा केके सिंहले जुलाई २५ मा उजुरी दिएका हुन् । उनले रियाविरुद्ध सुशान्तसँग पैसा लिएको र आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् । रिया चक्रवर्ती सुशान्तकी प्रेमिका थिइन् ।

हिन्दुस्तान टाइम्सले जनाए अनुसार सुशान्तका बुवाले रियाले सुशान्तलाई परिवारबाट टाढा राखेको र बैंक अकाउन्ट समेत आफ्नो नियन्त्रणमा राखेको आरोप लगाएका छन् । सुशान्तले आफ्नी दिदीलाई फोन गरेर रियाले आफ्नो मेडिकल डकुमेन्ट सार्वजनिक गरेर 'पागल' प्रमाणित गर्ने धम्की दिएको बारे ७४ वर्षीय केके सिंहले बताएका छन् ।

विषयमाथि अनुसन्धानका लागि पटनाबाट प्रहरी टोली मुम्बई पुगेको छ ।

सुशान्तले जुन १४ मा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि