बैशाख १५, २०८१, शनिबार
               

राजेशलाई महानायक स्विकार्छन् अनुपविक्रम

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

पछिल्लो समय चलचित्र क्षेत्रमा महानायक उपाधीको विषयमा विभिन्न बहस चलिरहेको छ । राजेश हमाललाई दिइएको उक्त महानायक उपाधि अहिले विवादको मुख्य चुरो बनेको छ ।

कतिपय कलाकारले राजेशलाई महनायक स्विकारेका छन् । कतिपयले भने राजेशलाई महानायक मान्न तयार छैनन् । राजेशको योगदानमाथि प्रश्न गरेका छन् । 

यस्तैमा, अभिनेता अनुपविक्रम शाहीले पनि आफ्नो धारणा राखेका छन् । केही दिन अगाडि आफ्नो जन्मदिन मनाएका अनुपले राजेश चलचित्र क्षेत्रको सुनको खम्बा भएको बोले । 

त्योमात्र होइन सोमबार सामाजिक संजालमा राजेशसँगको फोटो पोष्ट गर्दै चलचित्र क्षेत्रको एकमात्र महानायक राजेश भएको उल्लेख गरे । उनले लेखेका छन्- ‘चलचित्र क्षेत्रको एक मात्र महानायक राजेश हमाल’ ।

राजेश र अनुपले धेरै चलचित्रमा काम गरेका छैनन् । राजेश हिरो भएको ‘हसिँया’मा अनुप भिलेन बनेका थिए ।

यो पनि