जेठ ०८, २०८१, मंगलबार
               

'प्रेम गीत ४' बन्ने निर्माता सेनको घोषणा

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

‘प्रेम गीत’ सिरिजका निर्माता सन्तोष सेन प्रेम गीतको चौथो सिरिज निर्माणको तयारीमा जुटेका छन् ।  कोरोनाका कारण ‘प्रेम गीत ३’ रिलिज हुन पाएन । तेस्रो सिरिज रिलिज नहुँदै सेन चौथो सिरिजको तयारीमा जुटेका हुन् । 

निर्माता सेनका अनुसार अहिले चलचित्रको आइडियामा काम भइरहेको छ । प्रेम गीत ३ का मुख्य टिमहरु बसेर नै चौथो सिरिजको आइडिया तयार गरिरहेको निर्माता सेनले बताए । 

चलचित्रको विषयवस्तु निकै गम्भीर भएको निर्माता सेनको भनाई छ । चलचित्रलाई देशमा भन्दा पनि विदेशमा बढी खिच्नुपर्ने भएकाले लगानी पनि उच्च हुने सेनले बताए । 

सन्तोषले केही समयअगाडि अर्को चलचित्रको पनि निर्माण घोषणा गरेका छन् । प्रदीप खड्का मुख्य भूमिकामा प्रस्तुत हुने उक्त चलचित्र भने पूर्ण रूपमा कमेडी कथामा निर्माण हुने बताइएको छ ।

अहिले निर्माता सेन दुबै चलचित्रको काममा लागिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि