जेठ ०८, २०८१, मंगलबार
               

निर्मातालाई शेयर उठाउन मुश्किल

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र नराम्रो तरिकाले थलिएको छ । व्यापारिक रुपमा चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको छ । त्योसँगै अबको चलचित्र क्षेत्रको भविष्य के हुने शो भन्ने प्रश्न खडा भएको छ ।

कोरोनाका कारण हलबाट उठेको शेयर समेत निर्माताले पाएनन् । १० महिना अगाडि रिलिज भएको चलचित्र छ माया छपक्कैको शेयर अहिलेसम्म पनि नपाएको भन्दै निर्माता रोहित अधिकारीले गुनासो गरेका छन् । 

उपत्यकाका हलबाट पाउनुपर्ने ५० लाख र उपत्यका बाहिरका हलबाट पाउनुपर्ने १ करोड ५० लाख बराबरको शेयर आफूले नपाएको निर्माता अधिकारीको गुनासो छ । उनले सामाजिक संजाल फेसबुकमा नै उक्त गुनासो राखेका हुन् । 

हलबाट निर्माताले शेयर नपाउनु कुनै नौलो घटना भने होइन । तर, अहिलेको समय भने निकै लामो समय शेयर उठ्न सकेन । कोरोनाका कारण शेयर दिन नसकिएको वितरकहरुको भनाई छ ।


कस्तो लाग्यो ?

यो पनि