काठमाडौं । गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।
उनका बुवाको एकनाथ पोखरेलको शनिबार राति विराटनगरस्थित आफ्नै निवासमा मृत्यु भएको अर्का सङ्गीतकार अर्जुन पोखरेलले बताए । गायक पोखरेलका बुवा एकनाथ लामो समयदेखि दम र मधुमेह रोगबाट ग्रसित भएको बताइएको छ ।