जेठ ०८, २०८१, मंगलबार
               

अमिताभ लेख्छन्, 'म कोरोनामुक्त भएको समाचार गलत हो'

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता अमिताभ बच्चन अहिले कोरोनाको उपचार गराइरहेका छन् । यस्तैमा बिहिबार अमिताभले कोरोनालाई जितेको समचारहरु सार्वजनिक भए । भारतीय मिडियामा यस समचारले राम्रो स्थान बनायो । 

तर, अमिताभले आफू कोरोनामुक्त भएको खबर झुठो भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको खबर गलत भएको जानकारी दिएका हुन् । 

बलिउड मिडियाको एक समचार सेयर गर्दै अमिताभले लेखेका छन्, ‘यो समाचार असत्य, गैरजिम्मेवार, गलत र सच्याउनै नसकिने झुट हो ।’

अमिताभसहित बच्चन परिवारका ४ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको १२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि