बैशाख २४, २०८१, सोमबार
               

दीपेन्द्रको तयारी: सामाजिक विषयमा नै नयाँ फिल्म

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

लकडाउन खुलेसँगै चलचित्रकर्मीहरु पनि केही जुर्मुराएका छन् । चार महिनादेखि रोकिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउने हिसाबमा चलचित्रकर्मीहरु अब चलचित्र निर्माणमा पनि तम्सिएका छन् । 

केही निर्माताहरुले भदौबाट छायांकनमा जाने पक्कापक्की गरिसकेका छन् भने केही निर्माताहरु सरकारको अनुमति कुरिरहेका छन् । हलवालाहरु हल खोल्न दवाव दिइरहेका छन् भने निर्माताहरु पनि उच्च सतर्कता अनपनाएर चलचित्र हल संचालन गर्नुपर्ने पक्षमा छन् ।

यस्तैमा, निर्देशक दीपेन्द्र के खनाल पनि नयाँ चलचित्रको तयारीमा जुटेका छन् । पछिल्लो समय ‘आमा’ चलचित्र निर्देशन गरेर वाहीवाही कमाएका दीपेन्द्र अहिले पुन: अर्को चलचित्रका लागि तम्सिएका छन् । 

आमा निर्माता शर्मिला पाण्डेसँगको सहकार्यमा नै दीपेन्द्रले नयाँ चलचित्र बनाउन लागेका हुन् । सामाजिक विषयबस्तुमा नै निर्माण हुने यस चलचित्रको नाम भने पक्का भएको छैन । निर्देशक खनाल अहिले कथा लेखनमा नै व्यस्त छन् ।

चलचित्रको पटकथा तयार भएपछि कलाकार छनोट गरिने निर्देशक खनालले बताए । अहिले चलचित्र लेखनको अन्तिम चरणमा पुगेको छ । अवस्था केही सामान्य भएसँगै चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षको भनाइ छ ।

यो पनि