जेठ ०९, २०८१, बुधबार
               

पर्दामा एकसाथ प्रभाष र दीपिका

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

साउथका सुपरस्टार नायक प्रभाष र बलिउड नायिका दीपिका पादुकोण एकसाथ पर्दामा देखिने भएका छन् । नाग अश्विनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको लागि उनीहरुको जोडी पक्का भएको हो । 

बलिउडमा राम्रो फ्यान फलोअर्स कमाएकी नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिने भएपछि उनीहरुका शुभचिन्तक निकै उत्साहित देखिएका छन् । 

तेश्रो विश्वयुद्धको कथामा बन्न लागेको यस चलचित्रको लागि प्रभाष र दीपिकाले निकै ठूलो पारिश्रमिक लिएका छन् । चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । 

चलचित्रलाई हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

यो पनि