असोज ०६, २०८१, आइतबार
               

गायक यम बराल, रोशन पराजुली र कलाकार ईकुको सहकार्यमा व्लुवर्ड इन्टरनेसनल

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

‘ईकु’को नामले चर्चित कलाकार तथा फिल्म निर्माता सुलेमान शंकरले आफ्नो फिल्म निर्माण कम्पनीलाई थप विस्तार गरेका छन् । यसअघि ३ वटा फिल्म बनाइसकेको ‘एसएमएस फिल्म व्लुवर्ड इन्टरनेसनल’ लाई मंगलबार एक कार्यक्रम गरी थप विस्तार गरिएको हो । फिल्म निर्माण, ईभेन्ट अर्गनाइजेजन तथा मनोरन्जन क्षेत्रका काम गर्नेगरी उनको संस्थाको विस्तार गरेका हुन् ।

वरिष्ठ गायक यम बराल, ईभेन्ट मेनेजर रोशन पराजुली, दीपा थपलिया, फिल्म निर्देशक मुस्कान ढकालको सहकार्यमा ‘एसएमएस फिल्म व्लुवर्ड इन्टरनेसनल’ को विस्तार गरिएको ईकु सुलेमानले जानकारी दिए । भाटभेटेनीस्थित कार्यालयमा आयोजित कार्यक्रममा सिने तथा कला क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागिता थियो । ‘एसएमएस फिल्म ब्लुवर्ड इन्टरनेसनल’ छिट्टै नयाँ फिल्मको निर्माण हुन लागेको समेत उनले जानकारी दिए । ‘यसअघिको तीन वटा फिल्मको सफलताले हामीलाई अझै अर्काे फिल्म बनाउने उर्जा दिएको छ, निर्माणको क्रममा छौंं,’ ईकु सुलेमानले भने । फिल्मसँगै सङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने गरी संस्था विस्तार गरिएको वरिष्ठ गायक यम बरालले बताए । ‘ फिल्म, सङ्गीत र मनोरञ्जनात्मक कार्यक्रमको त्रिवेणी सबै कामहरू यस संस्थाबाट हुनेछन्,’   गायक बरालले भने ।
गायक बरालको नयाँ एल्बम समेत बजारमा आउँदै छ ।

वरिष्ठ गायक बराल ३ दशकदेखि संगितिक क्षेत्रमा निरन्तर क्रियाशील छन् ।  ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’  गीतबाट चर्चामा उदाएका उनको अहिले निस्किएका गीत समेत हिट छन् । बरालको ‘निष्टुरीले छाडेर गइहाली, अब चोटहरूले पिरोल्दैन मलाई, दिलमाया दिलमाया’ लगायतका दर्जनै गीत सुपरहिट  छ। पछिल्लो समय भैरे फिल्मको ‘सनम माया लाको’ गीत समेत अहिले चर्चामा छ । सो गीतको युट्युब भिअर्स एक करोड नजिक पुगेको छ।

यता फिल्म निर्माता समेत रहेका ईकु सुलेमानले ‘ईकु’, ‘ईकु व्याक अगेन’ र ‘फिर्के’ फिल्म बनाइसकेका छन् । उनले ‘ईकु’, ‘ईकु ब्याक अगेन’ मा ईकु पात्रको भूमीका निर्वाह गरेका छन् । फिर्केमा ईकुभन्दा फरक भूमिकामा अभिनय गरेका छन् । ईकु चलचित्रको सफलताले नै उनी यहाँसम्म आइगेका बताउँछन् । उनले आफूले बनाएका बाहेक दर्जनौँ फिल्ममा काम गरिसकेका छन् । उनले फिल्म बनाउनुअघि केही हाँस्य टेलिसिरियलमा समेत अभिनय गरेका छन् ।

भ्वाइस अफ नेपालको प्रवर्द्धक समेत रहेका रोशन पराजुली वरिष्ठ गायक बराल र ईकु सुलेमानको यो सहकार्यबाट फिल्म तथा सङ्गीत क्षेत्रले केही नयाँपन पाउने दर्शक श्रोताको अपेक्षा छ । सोही टिमले निर्माण गर्न लागेको नयाँ फिल्ममा रोशन पराजुली, दीपा थपलिया, गायक यम बराल निर्माता हुन् भने मुस्कान ढकाल निर्देशक रहनेछन् । 


कस्तो लाग्यो ?

यो पनि