जेठ ०९, २०८१, बुधबार
               

‘प्रसाद'को सिक्वोल बनाउँदै सुवास ?

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘प्रसाद’ व्यापारिक तथा समिक्षात्मक रुपमा निकै सफल बन्यो । यस चलचित्रले धेरै अवार्डहरु चुम्न सफल रह्यो । कलाकारदेखि लेखक,निर्देशकले पनि अवार्ड उचाले । 

प्रसाद रिलिज भएको दुई वर्षपछि सोही चलचित्रका निर्माता सुवास थापा प्रसादको सिक्वेल बनाउन तम्सिएका छन् । अहिले चलचित्रको स्कृप्टमा काम भइरहेको छ । चलचित्रलाई प्रसाद चलचित्रका लेखक सुशिल पौडेलले नै लेखिरहेका छन् ।

प्रसादको पहिलो भागलाई दिनेश राउतले निर्देशन गरेका थिए । तर, दोस्रो भागलाई भने सौरभ चौधरीले निर्देशन गर्ने पक्का भएको छ । दिनेशले सिक्वोलमा काम नगर्ने भनेपछि निर्माता थापाले चौधरीलाई निर्देशनको जिम्मा दिन लागेका हुन् ।

विपिन कार्की नै मुख्य भूमिकामा प्रस्तुत हुने ‘प्रसाद २’का लागि अन्य कलाकार भने पक्का भएका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि