जेठ ०९, २०८१, बुधबार
               

छायांकनको तयारीमा ‘खलनायक २’

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

करिव १ दशक पहिला रिलिज भएको चलचित्र ‘खलनायक’को दोस्रो भाग बनाउने तयारी गरिरहेका छन्, निर्माता रोज राणा । लकडाउनका कारण रोकिएको चलचित्रको छायांकन अब भने सुरु गर्ने राणाको सोच रहेको छ ।

रोज भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताउँछन् । प्रविधिकदेखि कलाकारसम्म सबैलाई सम्झौता गरिसकेकाले पनि भदौबाट छायांकन सुरु गर्ने रोजले बताए । रोज अहिले सरकारबाट अनुमति कुरिरहेका छन् । 

गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने ‘खलनायक २’मा रोज आफैँ खालपात्र बन्दैछन् । चलचित्रको लागि अन्य कलाकार पनि पक्का भइसकेका छन् । एकजना चलेको अभिनेता र एकजना नयाँ अनुहारलाई चलचित्रमा प्रस्तुत गर्न लागेको रोजले बताएका छन् ।

‘खलनायक २’ ‘खलनायक’ जस्तै कथाबस्तुमा निर्माण हुने बुझिएको छ । एक्सन लभस्टोरी नै चलचित्रको मुख्य विषयबस्तु रहेको छ । चलचित्रको लागि एकमात्र नायिका रहनेछिन् ।


कस्तो लाग्यो ?

यो पनि