जेठ ०८, २०८१, मंगलबार
               

बलिउड फिल्म ‘लुटकेस’को ट्रेलर ‘जात्रा’सँग मिलेपछि…

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

बलिउड चलचित्र ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । जुलाई ३१ मा डिजिटल प्ल्याटफर्ममा रिलिज हुन लागेको यस चलचित्रको ट्रेलर २ दिन अगाडि मात्रै सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरलाई भारतिय दर्शकले निकै रुचाएका छन् । तर, नेपाली दर्शकले भने यस चलचित्र नेपाली चलचित्र ‘जात्रा’बाट प्रभावित भएको प्रतिक्रिया दिएका छन् । कतिपय नेपाली दर्शकले त जात्राको ट्रेलर हेर्न समेत सुझाएका छन् । 

पैसाले भरिएको सुटकेस भेटेपछि एक विपन्न व्यक्तिको जीवनमा आइपर्ने उतारचडाबलाई चलचित्रको विषयबस्तु बनाइएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र ‘जात्रा’को विषयबस्तु पनि त्यहीँ नै हो ।

‘लुटकेस’मा कुनाल खेमु, रसिका डुगाल, विजय राज, रणवीर सेरी लगायतको अभिनय रहेको छ । चलचित्रलाई राजेश कृष्णननले निर्देशन गरेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि