जेठ ०८, २०८१, मंगलबार
               

सुशान्तको प्रेमिकालाई कसले दियो मार्ने धम्की ?

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरेको १ महिना बितिसक्यो । तर, सुशान्तको मृत्युपछि तातेको बलिउड अझै सेलाएको छैन । सुशान्तको मृत्युपछि उठेको नेपोटिजमको बहस चरम बिन्दुमा नै छ । 

सुशान्तको मृत्युपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले केही बलिउडकर्मीलाई बहिष्कार गर्नेसम्मको ‘क्याम्पेनिङ’ गरे । ८ बलिउडकर्मी बिरुद्ध त अदालतमा मुद्दा नै दर्ता भयो ।

बलिउडकर्मी भन्दा बढि निशानामा परिन्, सुशान्तकी प्रेमिका रिया चक्रवती । सामाजिक संजाल प्रयोगकर्ताहरुले सुशान्तको मृत्युको कारण प्रेमिका रिया पनि भएको भन्दै अपशब्दको गाली गरे । ट्रोल गरे ।

यत्तिका गाली सुनेर पनि रिया चुप बसेकी थिइन् । तर, लामो समयसम्म यस्तो हर्कत भएपछि रियाले यस विषयमा उत्तर फर्काएकी छिन् । आफूलाई मार्ने धम्की आएको म्यासेज सामाजिक संजालमा पोष्ट गर्दै उनले उत्तर फर्काएकी हुन् ।

उनले लेखेकी छिन्, ‘मलाई हत्यारा भनियो । त्यसमा मैले केही बोलिन । अहिले त मलाई बलत्कार गर्ने, मार्ने धम्की आइरहेको छ । अब म नबोली बस्न सकिन । म साइबर ब्युरोलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहान्छु ।’

यो पनि