बैशाख १७, २०८१, सोमबार
               

म्युजिक भिडियोमा व्यस्त फिल्मका कलाकार

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

कोरोनाका कारण चलचित्र बजार ठप्प रह्यो । चलचित्रको छायांकनदेखि प्रदर्शनसम्म रोकियो । अहिले सम्पूर्ण चलचित्रकर्मी फुर्सदिला बनेका छन् । 

यसै मौकामा केही चलचित्रका कलाकार भने म्युजिक भिडियोमा काम गर्न थालेका छन् । आफू बेरोजगार भएर बस्नुको सट्टा उनीहरु भिडियोमा काम गरिरहेका छन् । 

म्युजिक भिडियो हुँदै चलचित्रमा आएका अभिनेता पल शाह अहिले पुन: भिडियोमा व्यस्त बनेका छन् । पलको निरन्तर भिडियोहरु आइरहेको छ । अहिले चलचित्रको काम नहुँदा पनि पल फुर्सदिला बन्न पाएका छैनन् । 

त्यस्तै, नायिका स्वस्तिमा खड्का पनि अहिले भिडियोमा देखिन थालेकी छिन् । खासै म्युजिक भिडियोमा काम नगर्ने स्वस्तिमा अहिले भने भिडियोमा बाल्लै देखिकी थालेकी छिन् ।

अभिनेता दयाहाङ राईले पनि केही सिमित भिडियोमा मात्र काम गरेका थिए । अहिले भने दयाहाङ राई पनि भिडियोमा आकर्षित भएका छन् । दयाहाङ पनि भिडियो छायांकनमा व्यस्त बनिरहेका छन् । 

सँगै म्युजिक भिडियो हुँदै चलचित्रमा आएका अभिनेता पुष्प खड्का पनि चलचित्रको काम नभएको समय फुर्सदमा बस्नुको सट्टा भिडियोमा काम गर्न थालेका छन् । उनी पनि अहिले भिडियोमा व्यस्त बनिरहेका छन् ।

लकडाउनको समयमा नै अभिनेता प्रदीप खड्काले पनि एक भिडियोमा काम गरेका छन् । उनले देशप्रेमी एक गीतमा काम गरेका हुन् । त्यसपश्चात् भने प्रदीपले भिडियोमा काम गरेका छैनन् । 

अभिनेता दीलिप रायमाझी अहिले म्युजिक भिडियोमा धमाधम काम गरिरहेका छन् । अमेरिकाबाट फर्किएपछि धेरै भिडियोमा काम गरिसकेका दीलिप यो समय पनि भिडियोमा काम गरिरेहका छन् । 

अहिलेको समय चलचित्रको काम रोकिए पनि चलचित्रका कलाकारहरुलाई म्युजिक भिडियोबाट भने राहत मिलिरहेको छ ।

यो पनि