बैशाख ०७, २०८१, शुक्रबार
               

दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह (भिडियाे सहित)

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । महानायक राजेश हमालले कलाकार दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् ।

आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन् ।

राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसाबले आत्मसम्मानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन् ।  

दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘महानायक पनि हुनुहुन्छ र ?’ भनेपछि राजेश हमालका फ्यानले अहिलेसम्म उनलाई गाली गरिरहेका छन् । दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन ।

https://www.facebook.com/permalink.php?story_fbid=2726610840951400&id=1588903248055504 · Read more at: https://nepalflash.com/news/1085


कस्तो लाग्यो ?

यो पनि