बैशाख २१, २०८१, शुक्रबार
               

दुर्गेशले ल्याए ‘बीच्च बीच्चमा २’
माछोमाछो भ्यागुतो यसपालिको तीज

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

तीजको सन्दर्भ पारेर अघिल्लो वर्ष निकालिएको गीत ‘बीच्च बीच्च’मा सुपरहिट भएपछि गायक तथा मोडल दुर्गेश थापाले त्यसको ‘पार्ट टु’ निकालेका छन् । ‘बीच्च बीच्च २ ( एउटा फोटो खिच)’ नाम दिइएको गीत दुर्गेशले आफ्नै युटुव च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन् । केही फरक प्याट्रनमा निर्माण भएकाले पनि दुर्गेशको गीत धेरैको रोजाइमा परेको थियो । त्यसैलाई निरन्तरता दिँदै उनले सिक्वेल निकालेका हुन् ।

विश्वव्यापी कोरोना महामारीका कारण भोग्नु परेको सङ्कटलाई गीतमा उतारिएको छ । दुर्गेशले गीतमा श्रीमतीलाई अघिल्लो वर्षकै तीजको साडी लगाएर फोटो खिच्न आग्रह गरेका छन् । 

कोरोनाबाट बच्न गरिएको लकडाउनले आर्थिक सङ्कट भोग्न बाध्य भएकाले आम्दानी नभएको कथा गीतमा समावेश छ । जुन आम सर्वसाधारणको जनजीवनमा मेल खाने खालको छ । सोही कारण यस पटकको तीज ‘माछामाछा भ्यागुतो’ भएको भन्दै उनले टिप्पणी गरेका छन् । 

गीतमा गायक दुर्गेशलाई अर्का उदाउँदा कलाकार जीबी चिरनले राम्रो साथ दिएका छन् । कोरोना सङ्कटको बीचमा ‘भाग कोरोना भाग’ र्‍याप गीत गाएर चर्चामा आएका जीबी चिरन पछिल्ला समय केही सिरियलहरूमा समेत देखिँदै आएका छन् । उनै जीबी चिरन र जीवन सहनीले दुर्गेशलाई भिडियोमा साथ दिएका छन् ।

भिडियोको अर्को रोचक पक्ष भने एकै पटक सात–सात जना मोडललाई समेत नचाइएको  छ । सारिका केसी, दिपाशा बिसी, अस्मिता जुरेली, टिका जैसी, सबिता राई, एनी विष्ट, र शिल्पा खड्काले नाचेर भिडियोलाई झनै रोचक बनाएका छन् । अस्मिता जुरेली नेपालको दोस्रो महिला रेस्लर समेत हुन् । 

चर्चित निर्देशक शिव विकले भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन र रङ्ग संयोजन छ । गीतमा गायक तथा मोडल दुर्गेश, राम खत्री र राजन कार्कीको शब्द तथा दुर्गेशकै सङ्गीत छ । साहस शाक्यको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ गीत तयार भएको हो ।


कस्तो लाग्यो ?

यो पनि