बैशाख २०, २०८१, बिहीबार
               

साम्राज्ञीलाई भुवनको धम्की- ‘साइबर क्राइमको मुद्दा चलाइदिन्छु’

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

अहिले सामाजिक संजालमा अभिनेता भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच विवाद चर्किएको छ । सामाजिक संजाल इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै साम्राज्ञीले आफूलाई केही निर्माताहरुले शोषण गरेको बताएसँगै उनीहरुबीच विवाद सुरु भएको थियो । 

साम्राज्ञीले आफूले काम गरेको ३ वटा चलचित्रका निर्माण पक्षले शोषण गरेको बोलेकी थिइन् । त्योसँगै सुटिङमा आफूलाई खाना समेत नदिएको साम्राज्ञीको गुनासो थियो । 

जसको जवाफ फर्काउँदै भुवनले आफूले नै ब्रेक दिएका कारण साम्राज्ञी अहिले चलचित्र क्षेत्रमा टिकेको उल्लेख गरे । उनले लेखेका थिए- ‘जुन थालमा भात खायो, त्यही थाल प्वाल नपार ।’

उक्त स्टाटस आएपछि साम्राज्ञी पुन: आक्रोषित हुँदै अर्को भिडियो पोष्ट गरिन् ।  उक्त भिडियोमा साम्राज्ञी भुवनलाई झनै गम्भिर आरोप लगाइन् । उनले भुवन केसीले जापानमा आयोजित एक अवार्डमा आफूलाई दुर्व्याबहार गरेको बोलिन् । 

अहिले पुन: भुवन केसीले साम्राज्ञीलाई जवाफ फर्काएका छन् । निकै लामो स्टाटस लेख्दै उनले साम्राज्ञीलाई आइन्दा यस्तो हर्कत नगर्न सुझाएका छन् । 

भुवनको स्टाटस जस्ताको त्यस्तै:

डियर साम्राज्ञी
तपाईंलाई पहिलो पटक नायिकाको रुपमा ‘सुपर काजल फिल्म’को चलचित्र ‘ड्रिम्स’बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने ब्यक्तिप्रति तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु । करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भइसकेको सुपरहिट चलचित्र ‘ड्रिम्स’को सुटिङको क्रममा पानी खान पाइनँ, छाता ओड्न पाइनँ, सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि र आज भोली मात्र म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आश्चार्य लागेको छ ।
आफुलाई ब्रेक दिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्बन्धमा मेरो गम्भिर ध्यानाआकर्षण भएको छ । अब उप्रान्त तपाईंले म भुवन के सीले बिगत करिब चलिस वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यहि चलचित्रको क्षेत्रमा रात-दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम, फेसबुक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्नु  हुन सुचित गर्दछु । मेरो यो सुचनाको बाबजुत तपाईंले यस्ता झुटा लाल्छाना लगाउने कार्यहरु गरे गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट यथोचित क्षतिपुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त,आवश्यक कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दु:खका साथ जानकारी गराउँदछु ।

यस स्टाटस लेखेको केही समयमा नै भुवनले कलाकार संघमा साम्राज्ञी विरुद्द छानविनको लागि मुद्दा दर्ता गराएका छन् । जहाँ भुवनले आफ्नो मान हानी भएको भन्दै न्याय मागेका छन् । 

यो पनि