बैशाख २०, २०८१, बिहीबार
               

भुवन केसीविरुद्ध साम्राज्ञीको दुर्व्यवहार आरोप, सामाजिक सञ्जालमा ट्रोलैट्रोल

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिनअघि इन्स्टाग्राम लाइभमार्फत् आफूले फिल्म गर्दा भोग्नु परेको दुर्व्यवहार बारे बोलिन् । त्यहाँ उनले कसैको पनि परिचय सार्वजनिक नगरी आफ्नो भोगाइ राखेकी थिइन् ।

तर, उक्त भिडियोलाई लिएर अभिनेता एवं निर्माता भुवन केसीले फेसबुक पोस्ट लेखे । जसमा उनले 'सामाजिक सञ्जालमा रोई–कराई गर्ने हिरोइन' भनेर सम्बोधन गरेका छन् । प्रश्न गरेका छन् 'अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।'

उनले पनि कसैको नाम उल्लेख नगरी अभिनय क्षमतामाथि समेत प्रश्न गरे। यही कुरालाई लिएर अहिले सामजिक संजालमा विभिन्न ट्रोलहरु बनेका छन् । 


कस्तो लाग्यो ?

यो पनि