बैशाख २१, २०८१, शुक्रबार
               

राजेश अर्यालको ‘मायालु’मा भुपु र प्रवीषाको स्वर

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । गायक भुपु पाण्डे र गायिका प्रवीषा अधिकारीको स्वर तथा राजेश अर्यालको ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ ।

बिहीबार राजेश अर्यालको अफिसियल युट्युबबाट गीतको म्युजिक भिडियो रिलिज गरिएको हो । गायक पाण्डेकै  ‘मायालु’का संगीतकार नै हुन् । गीतका शब्द राजेश अर्यालले लेखेका हुन् । रचनाकार अमेरिकामा बस्दै आएका छन् ।

आधुनिक, शास्त्रीय संगीत र लोक फलेभर मिसिएको गीतका शब्द पनि निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘राजेश अर्यालले लेख्नुभएको शब्द राम्रा छन् । संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’ गायक पाण्डेको  भर्खरै अत्यधिक चर्चामा आएको ‘छोटो छ जिन्दगी ’ सँगसँगै आएको यस गीतले पनि बजार तताउने उनको विश्वास छ ।                                                                                                                                                                                                                                                  म्युजिक भिडियोको निर्देशन मोडलसमेत रहेका सुनील क्षेत्रीले गरेका छन् । क्षेत्रीले गीतका भावअनुसार आफूले निर्देशन गरेको बताए । ‘गीतको शब्द, संगीतलाई सकेसम्म म्युजिक भिडियोमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु’, उनले भने, ‘यो गीत दीर्घकालसम्म सुन्न र हेर्नका लागि मैले उत्तम ठानेको छु ।’ उनले सबै टिमलाई धन्यावादसमेत दिएका छन् ।

क्षेत्री र वीना राउतको जोडीलाई म्युजिक भिडियोमा रोमान्स गरेको देख्न पाइन्छ । मोडल क्षेत्री युवापुस्तामा पछिल्लो समय लोकप्रिय छन् । उनले निर्देशन गरेका र अभिनय रहेका म्युजिक भिडियोहरू युट्युबमा निकै रुचाइएका छन् ।

आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले  यो निकै फरक शैलीको गीत बनाएको बताएका छन् । अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि