बैशाख १६, २०८१, आइतबार
               

सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा' अनलाइनबाट निःशुल्क हेर्न पाइने

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' अनलाइनमार्फत् रिलिज हुने भएको छ । डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

मुकेश चाबराको डेब्यु निर्देशनमा बनेको 'दिल बेचारा' जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'को रिमेक हो । 

'माया, आशा र असंख्य सम्झनाहरूको कथा । सुशान्तसिंह राजपूतको सम्झना सधैं रहनेछ । दिल बेचारा यही जुलाई २४ देखि सबैका लागि सार्वजनिक हुनेछ,' डिज्ने प्लस हटस्टारले ट्विट गरेको छ ।

'दिल बेचारा' मा सुशान्तसँगै मुख्य भूमिकामा सन्जना सांगी पनि छन् । सुशान्तको निधनले आफूलाई चोट पुर्‍याएको बताउँदै उनले यो फिल्मलाई 'हेर्न बाँकी रहेको एउटा उपहार' भनेकी छन् । 

डिज्ने प्लस हटस्टारको ट्विट सेयर गर्दै सन्जनाले यो फिल्म सबैले निःशुल्क हेर्न पाउने बताएकी छन् ।

'सुशान्त र उनको सिनेमाको मायाका लागि, यो फिल्म सबै डिज्ने प्लस हटस्टारका सबस्क्राइबरहरू र नहुनेहरू सबैले हेर्न पाउनेछन्,' उनले लेखेकी छन् ।

निर्देशक मुकेशले पनि एक विज्ञप्तिमा सुशान्त आफ्नो फिल्मको नायक मात्र नभएर आफ्नो साथी पनि भएको बताएका छन् ।

'हामी फिल्म काइ-पो-चे देखि नै नजिक थियौं। ऊ मेरा सुखदुःखमा साथ थियो,' मुकेशले भनेका छन्, 'उसले मेरो पहिलो निर्देशनको फिल्ममा काम गर्ने वाचा गरेको थियो । हामीले सँगै धेरै योजना बनाएका थियौं, धेरै सपना देखेका थियौं । तर ऊ बिनै मैले यसरी एक्लै फिल्म रिलिज गर्नुपर्ला भन्ने कल्पना छँदै थिएन ।'

अभिनेता सुशान्तसिंहले गत जेठ ३२ गते मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । ३४ वर्षीय सुशान्त केही समययता डिप्रेसनमा थिए । 


कस्तो लाग्यो ?

यो पनि