बैशाख २०, २०८१, बिहीबार
               

बर्खे पानीले भिजायो प्रितीको फरिया (भिडियो)

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । गायिका प्रिती आलेको तिज गीत सार्वजनिक भएको छ । 

प्रितीको लरीलै बरिलै फरिया भिजायो मेरो बर्खे पानीले बोलमा रहेको तिज गीत सार्वजनिक भएको हो ।

गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत छ । गीत योगेश काजीले एरेन्ज गरेका हुन् । 

ज्ञानेन्द्र शर्मा हुमागाइँको निर्देशनमा बनेको गीतको भिडियोमा प्रिती आलेको मुख्य अभिनय छ । 

भिडियोमा अनिता तामाङ, निरु मगर, निमा लामा र इमा लामाले नृत्य गरेका छन् ।

गीतमा फरिया भिजाएको कुरादेखि, अचेलका युवायुवतीको चर्चा गरिएको छ । गीतमा नेपालको नयाँ नक्सा, मानिसहरु शहर केन्द्रित भएको तथा कोरोनाको विषय समेत उल्लेख छ ।

यस्तो छ गीतको शब्द:

फरिया
लरीलै बरिलै 
फरिया भिजायो मेरो
बर्खे पानीले... दर्के पानीले
मनको पहिरो बुझेन लाहुर जानीले

आगनीको डिल भत्कियो माली गाइको खुरले
तीजका गीत गाउँछु आज आफ्नै सुरले
नारीकै हो तीजको पर्व नारीकै हो दर
छाडा केटा उफ्रिएर डिस्र्टब नगर

नक्कलेले बोको काट्दा तीन चोटीमा छिनेको 
यस्ताले नि मलाई लान्छु भन्दै हिँडेको
गाँजा खानेभन्दा त जाती बियर खानी हो 
केही नखाने केटो पाउने भाग्यमानी हो

स्कुटर छ भनेर चनमती रमाइछे 
हाम्लाई पनि थाछैन र क्यारी कमाइछे
कार चढ्न गइस् कान्छी बुढो पोइलाई रोजेर
चिची पनि पापा पनि पाउन खोजेर 

आफू बाइकमा बीचमा झोला राखी बसिन्छ 
उसले भन्छ च्याप्प समाउ नत्र खसिन्छ
केटाहरु बाइक चलाउने झ्याप्पै घोप्टो परेर
बिचबाटोमै आत्तिएँ म हिँडे झरेर

दुई चार कुरा देशको पनि गर्न मन लाको छ
चुच्चो नक्सा आयो भन्दा खुशी लाको छ
आमाले त कोख दिइन धर्तीले सबै
परिचय हुनी थिइन आफ्नो देश नभए

सानो शरीर ठूलो भाको गाउँको अन्न पानीले 
किन गाउँ बिर्स्या होला शहर जानेले
गल्ती भएँ माफी पाउँ यत्ति गीत गाउँछु
कोरोनाले राखे अर्को तीजमा आउँछु 


कस्तो लाग्यो ?

यो पनि