बैशाख १९, २०८१, बुधबार
               

बलिउड अभिनेता गोबिन्दाको छोरा दुर्घटनामा घाइते

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

एजेन्सी । चर्चीत बलिउड अभिनेता गोबिन्दाको छोरा सवारी दुर्घटनामा घाइते भएका छन् । भारतीय मिडियाले जनाए अनुसार बुधबार राती करिब साढे ८ बजे मुम्बईको जुहू इलाकामा अभिनेता गोबिन्दाका छोरा यशवर्धन आहुजाको कार दुर्घटना भएको हो ।

भारतीय प्रहरी स्रोतका अनुसार उनको कारलाई आदित्य चोपडाको यशराज फिल्म्ससँग जोडिएको एउटा कारले ठक्कर दियो । यद्यपि, दुर्घटनामा दुबै कारमा सवार कसैलाई पनि गम्भीर चोट भने लागेको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार गोबिन्दाको कारमा उनका छोरा यशवर्धन आशूजा र ड्राइभर थिए । यशराजको कारलाई एक ड्राइभरले चलाइरहेका थिए । जूहू प्रहरीका अनुसार यो मामिलामा कसैको पनि ऊजुरी दर्ता भएको छैन ।

मामिलाई दुबै पक्षले आपसी समझदारीमा सुल्झाएका छन् । अभिनेता गोबिन्दालाई नेपालको ज्वाइँ भनेर पनि सम्बोधन गरिँदै आएको छ । उनले नेपालबाट विवाह गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि