बैशाख २०, २०८१, बिहीबार
               

दशैंमा 'ए मेरो हजुर ४' रिलिज नहुने

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

यस वर्षको प्रतिक्षित चलचित्र हो, ‘ए मेरो हजुर ४’ । झरना थापा निर्देशित यस चलचित्रमा ‘ए मेरो हजुर ३’को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ ।

लकडाउन नभएको भए यतिबेला चलचित्रको छायांकन पूरा भइसक्थ्यो । तर, कोरोनाको त्रासका कारण लकडाउन हुदाँ छायांकन बीचैमा रोकिएको छ । लगभग अन्तिम चरणको छायांकन बाँकी रहेका कारण निर्माण पक्ष सरकारले दिने छायांकन अनुमति कुरिरहेको छ । 

दशैंलाई रिलिज लक्ष्य बनाएको यस चलचित्र अब भने यस चलचित्र दशैँमा रिलिज नहुने भएको छ । चलचित्रको छायांकनकै काम पूरा नभएको र अहिले तत्काल चलचित्रको रिलिज सम्भव नभएकाले चलचित्रको रिलिज मिति स्थगित गर्न लागिएको निर्माता सुनिल कुमार थापाले बताए । 

सुनिल चलचित्रको अर्को रिलिज मितिबारे पनि केही नसोचेको बताउँछन् । अवस्था सामान्य भएपछि चलचित्रको काम सकाएर मात्र रिलिज घोषणा गर्ने सुनिलको भनाई छ ।

यो पनि