बैशाख २०, २०८१, बिहीबार
               

चलचित्रकर्मीले आफ्ना सन्तानलाई यस क्षेत्रमा ल्याउनु नराम्रो होइन: प्रियंका कार्की

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

अहिले बलिउडमा मात्र होइन, नेपाली चलचित्र क्षेत्रमा पनि ‘नेपोटिजम’ विषयमा विभिन्न प्रश्न उठिरहेका छन् । बलिउडमा सुशान्त सिंह राजपुतको मृत्युपछि सुरु भएको यस विवादमा नेपाली कलाकारहरुले पनि बोलिरहेका छन् ।

कोही कलाकार नेपाली चलचित्र क्षेत्रमा परिवारवाद, गुठबन्दी जस्ता कुराहरु हाबी हुदैँ गएको तर्क राख्दै आएका छन् भने केही कलाकारहरु अहिले नै चलचित्र क्षेत्रमा नेपोटिजम नभएको दावी गर्दै आएका छन् । 

यस विषयमा नायिका प्रियंका कार्कीले पनि बोलेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा एक फ्यानले सोधेको प्रश्नमा उनले उत्तर दिदैँ नेपोटिजम चलचत्रि क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा भएको बताएकी छिन् । 

उनले लेखेकी छिन्, ‘नेपोटिजम सबै क्षेत्रमा छ । एउटा डाक्टरले आफ्नो छोरालाई डाक्टर भएको हेर्न चाहन्छ । व्यापारीले आफ्नो छोरालाई नै सबै व्यापार सुम्पिन्छ । यही कुरा चलचित्र क्षेत्रमा पनि लागू हुन्छ ।’

तर, आफ्नालाई च्याप्दै गर्दा राम्रो प्रतिभा भएका व्यक्तिले अवसर नपाउनु गलत भएको प्रियंकाले लेखेकी छिन् ।

यो पनि