बैशाख २०, २०८१, बिहीबार
               

“दुनियाँ राम्रो बनेपछि मात्र म फर्किन्छु” : नेहा कक्कड

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड यतिबेला अशान्त बनेको छ । सबैको मनमा एउटै प्रश्न घुमिरहेको छ “आखिर सुशान्त आत्महत्या गर्न किन बाध्य भए ?”

यहि विषयलाई लिएर बलिउडमा यतिबेला परिवारवादको कुरा जोडतोडले उठिरहेको छ । गायिका नेहा कक्कडले यो विषयमा चलिरहेको वादविवादलाई नजिकबाट नियालिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत केही समय टाढा जान लागेको बताएकी छन् ।

नेहाले लेखेकी छन्, “म सुत्न गइरहेकी छु। प्लिज मलाई नउठाउनुहोला जबसम्म यो संसार राम्रो हुँदैन, यो दुनियाँ स्वतन्त्र, माया, रिस्पेक्ट, केअर, रमाइलो लगायतका कुरा स्वीकार गर्दैन्। मानिसहरू सबै राम्रा हुन्छन्।”

नेहाभन्दा पहिला साकिब सलीम, निर्देशक शशांक खेतान, सोनाक्षी सिन्हा तथा नेहा भसिनले ट्वीटर अकाउण्ट डिएक्टिभ गराइसकेका छन् । सुशान्तको मृत्युपछि सोसल मिडियामा डिप्रेशन तथा नेपोटिज्मको मुद्दा व्यापक चर्चामा छ ।


कस्तो लाग्यो ?

यो पनि